सूचना अधिकारी नै छैनन् कार्यालयमा


बागलुङ,असार 
सर्वसाधारण सबैले जान्न पाउने अधिकारलाई सूचनाको हकले व्यवस्था गरे पनि बागलुङका एक दर्जन सरकारी तथा गैरसरकारी संघसंस्थाले हालसम्म पनि सूचना अधिकारीको व्यवस्था गरेका छैनन् । सूचनाको हक सम्बन्धी ऐन लागु भएको चारवर्ष भन्दा बढी भएपनि सो ऐनले व्यवस्था गरे बमोजिम प्रत्येक कार्यालयमा सूचना अधिकारी तोक्ने र हरेक तीन÷तीन महिनामा आफ्नो कार्य सम्पादन सार्वजनिक गर्ने कार्य हालसम्म पनि भएका छैनन् । 
सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वका सूचनामा आम नागरिकको पहँुच छिटो, छरितो, सरल र सहज बनाउन सूचनाको हक सम्बन्धी ऐनमा प्रत्येक कार्यालयमा सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने ब्यवस्था गरिएको छ । तर बागलुङका सरकारी कार्यालयहरुमा भने सूचना अधिकारीको व्यवस्थामा छैन । 
जिल्ला तथ्याङ्क कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, नेपाल टेलिकम र गैरसरकारी संस्थाहरु आमा मिलन केन्द्र, चारतारे युवा क्लब, गाजा युवा क्लब, भीमापोखरा युवा क्लब, धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र, उद्योग वाणिज्य संघ, दलित सशक्तीकरण केन्द्र, दलित गैरसकारी संस्था महासंघ, नेपाल रेडक्रस सोसाईटी, नेपाल परिवार नियोजन संघ, नेपाल नेत्रज्योति संघ लगायतले संघसस्थाहरुले सूचना अधिकारी तोकेका छैनन् । हरेक त्रैमासिकमा कार्यालयका गतिविधि सार्वजनिक गर्नुपर्ने ती संस्थाहरुले अहिलेसम्म सार्वजनिक गरेका छैनन् । 
जिल्ला प्रशासन, प्रहरी, जिल्ला विकास समिति, शिक्षा, मालपोत, डिभिजन सहकारी, महिला तथा बालबालिका, घरेलु तथा सानो उद्योग, खानेपानी तथा सरसफाई डिभिजन, हुलाक, लोेक सेवा आयोग, कोष तथा लेखा नियन्त्रण, नापी, नेपाल विद्युत प्राधिकरण, बागलुङ नगरपालिका, पशु सेवा, कृषि विकास, जिविकोपार्जनका लागि वन कार्यक्रम –एलएफपी), स्वंयशक्ति लगायतका सरकारी तथा गैससले भने सूचना अधिकारीको व्यवस्था गरेका छन् । 
नेपालको अन्तरिम संविधान २०६३ मा सूचनाको हकलाई नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । राज्यकोषबाट सुविधा उपभोग गर्ने जनप्रतिनिधिहरु, उक्त कोषबाट संचालन हुने सार्वजनिक निकायहरु र निकायमा कार्य गर्ने पदाधिकारी तथा कर्मचारी जनताप्रति जवाफदेही हुनुपर्ने साथै ती निकायहरुबाट भएका निर्णयहरु, कामकार्वाही, बजेट तथा कार्यक्रम आदिका बारेमा आमनागरिक सुसुचित हुन पाउने मौलिक हक हो । 
‘सूचना पाउने संवैधानिक व्यवस्था भएपनि सूचना अधिकारी किन तोकिएन त’ जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख विनोद ज्ञवाली –‘नागरिकलाई सूचनाको हक स्थापित गर्न हामीलाई कुनै कठिन छैन । म हालैमात्र सरुवा भई आएकोले छिट्टै कार्यालयमा  सूचना अधिकारीको व्यवस्था गर्नेछु ।’ 
यस विषयमा गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष परमानन्द कँडेलले गैससले सरकारी नियम पालन गर्नुपर्ने भएपनि सूचना अधिकारीका लागि छुट्टै फण्ड नहुँदा सूचना अधिकारीको व्यवस्था हुन नसकेको भन्दै आफुले सूचनाको हक कार्यान्वय गर्न गैससहरुलाई सूचना अधिकारी तोक्न आग्रह गर्ने बताए । 
‘कुनैपनि संघ संस्था तथा कार्यालयको बारेमा नागरिकले सूचना मागेमा सही र छिटो सूचना दिनु जिम्मेवारी हरेक कार्यालयको कर्तव्य हो’ नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष रामबहादुर जिसीले भने– ‘सूचनाको हक कार्यान्वयन गर्न प्रत्येक सार्वजनिक निकायले सूचना अधिकारी तोक्नु जरुरी छ ।’ सूचनाको हक अन्तर्गत काम, कागजपत्र, अभिलेख, रेकर्ड हेर्न जाँच्ने, डकुमेन्ट्री वा रेकर्डको टिपोर्ट लिन, उदृत अंश लिने कुनै वस्तु÷सामानको प्रमाणित नमुना लिने, मुद्रित डिस्केट, पेनड्राईभ, फलपी, टेप भिडियो, क्यासेट वा कुनैपनि इलेक्ट्रोनिक रुपमा वा मुद्रण मार्फत सूचना प्राप्त गर्न सकिने ब्यवस्था छ । तर आफ्ना कार्यलाई पारदर्शी रुपमा अगाडि बढाउन कोही पनि तयार देखिदैन । 
प्रमुख जिल्ला अधिकारी ख्यामबहादुर थापाले आमनागरिकको सूचनाको हकको कार्यान्वयन गर्न आफु सदैव तत्पर रहेको बताउँदै सबै सरकारी कार्यालयहरुमा सूचना अधिकारी तोक्न निर्देशन दिइसकेको बताएका  छन् । 

सुडान घोडालामा मेरो संलग्नता छैन–गौतम


कृष्ण संयोग
बागलुङ,साउन
           नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष बामदेव गौतमले सुडान घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । सुडान घोटाला प्रकरणमा तत्कालिक गृहमन्त्रीहरुलाई उन्मुक्ति दिईएको भन्ने चर्चा चलिरहेका बेला पुर्वगृहमन्त्री समेत रहेका गौतमले यस्तो बताएका हुन् । 
                                                                                         प्रेस नेपाल जिल्ला शाखा बागलुङले बिहिबार बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै गौतमले भने, ‘सुडानमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीलाई एपिसीको व्यवस्था गर्ने काम सबै प्रहरी संगठनले गरेको थियो, यसमा राजनीतिक दलको कुनै संलग्नता थिएन् ।आफु गृहमन्त्री हुँदा सुडान एपीसि खरिदबारे सञ्चारमाध्यममा समाचार आएपछि आफुले छानवीन समिति गठन गरेको बताउँदै गौतमले सुडानमा खटिएका प्रहरीलाई एपीसीबारे कस्तो किसिमको सम्झौता भएको हो भन्ने विषयमा समेत आफुलाई जानकारी नभएको दाबी गरे । ‘एपीसि खरिदबारे आफुलाई कुनै प्रस्ताव आएन’ गौतमले भने, ‘गृह प्रशासन क्षेत्र राजनीतिबाट गाइडेड भएपनि सुडान एपीसी राजनीतिक नेतृत्व संलग्न छैन ।’
                     माओवादीमा देखिएको आन्तरिक गुटबन्दीका कारण शान्ति प्रक्रिया र संविधान निर्माण कार्य अगाडि बढ्न नसकेको बताउँदै गौतमले शान्ति र संविधानसंग जोडिएको प्रमुख शक्ति नै आन्तरिक कलहमा रुमलिँदा शान्ति र संविधानमा ओझेलमा परेको बताए । एमाले भित्र गुटबन्दी भएपनि राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने काम नगरेको गौतमले जिकिर गरे ।  
‘संविधान र शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने नपुग्ने माओवादीको निर्भर छ’ गौतमले भने, ‘माओवादी र एमालेबीच भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्न सके जेठ १४ चौध भित्र संधिानको मस्यौदा ल्याउन सकिन्छ ।’ जिम्मेवार दलहरु संविधान निर्माण भन्दा पनि वादविवाद र गुटउपगुटमा लागे देश संवैधानिक संकट फस्न सक्ने बताउँदै गौतमले भने, ‘देशलाई संवैधानिक संकटबाट बचाउन र संविधान निर्माणको लागि संविधान सभाको म्याद थप्नुपर्छ ।’
              पाँच बुँदे सहमति अनुसार राष्ट्रिय सरकारको सुनिश्चित भए प्रधानमन्त्री झलानाथ खनालले राजीनामा दिई मार्ग प्रशस्त गर्ने बताउँदै गौतमले भने, ‘सहमति कार्यान्वयन गर्न प्रम खनाल दृढ हुनुहुन्छ ।’ प्रेस चौतारी बागलुङका अध्यक्ष रामकृष्ण बोहराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव दीपक गौतमले गरेका थिए । 

बागलुङमा ८ वटा मात्रै फारम संकलन

जिल्ला प्रशासन कार्यालय बागलुङमा मेसिन रिडेवल पासपोर्टका लागि आज जम्मा ८ जनाले फारम दर्ता गराएका छन् । केन्द्रीय राहदानी कार्यालयले साउन १ गते देखि लागु हुनेगरी बागलुङबाट पनि एमआरपीका लागि फारम संकलन गर्न थालेपछि आज पहिलो दिन जम्मा ८ वटा फाराम दर्ता भएको प्रशासन कार्यालय बागलुङले जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयले साउन १ गते देखि लागु हुनेगरी धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा समेत एमआरपीका लागि फारम संकलन गर्ने व्यवस्था गरेको थियो ।
    राहदानी बितरण कार्यलाई सर्वसुलभ र बिकेन्द्रीकरण गर्ने सरकारी नीति अनुरुप दोस्रो चरणका कार्यक्रम अनुसार धौलागिरि अञ्चलका ४ जिल्ला लगायत अन्य ३४ जिल्लामा समेत एमआरपीका फारम संकलन गर्न थालेको छ । अर्जेन्ट राहदानीका लागि भने छुट्टै व्यवस्था गरिने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

झण्डै तीन करोड बजेट फ्रिज कृष्ण संयोग बागलुङ, साउन

जिल्ला बिकास समिति बागलुङले विभिन्न शिर्षकमा बिनियोजन गरेको
झण्डै ३ करोड रकम फ्रिज भएको छ । आर्थिक बर्ष २०६७÷०६८ का लागि
जिविस बागलुङले फरक फरक शिर्षकमा विनियोजन गरेको पूँजीगत
तर्फको २ करोड ७८ लाख ७७ हजार ८ सय ९७ रुपैयाँ फ्रिज भएको हो

जिविसले छुट्टाएको रकम खर्च नभएपछि फिर्ता गएको जिल्ला
बिकास समिति बागलुङका योजना तथा प्रशासकीय अधिकृत देवीप्रसाद सुवेदीले
जानकारी दिए । उनका अनुसार जिविस अनुदान शिर्षकमा १ करोड ४८ लाख ४४
हजार बिनियोजन गरिएकोमा ८ लाख ५३ हजार ५ सय ३७ रुपैयाँ बजेट
फिर्ता गएको छ ।
त्यसैगरी खानेपानी तथा सरसफाई शीर्षकको २ लाख ८१ हजार ३ सय
४५, स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम १ करोड ८२ लाख ४१
हजार ३ सय ५९, साना सिंचाई तर्फको १२ लाख ८२ हजार ९ सय १६,
कृषि सडकको १७ लाख २८ हजार ६ सय ९५, निर्वाचन क्षेत्र विकासको २३ हजार
५ सय ९०, केन्द्रीयस्तर क्रमागत सडक १ लाख २८ हजार ९ सय ३८, विकेन्द्रीत
ग्रामिण पूर्वाधार विकासको ५३ लाख ३७ हजार ५ सय १७ रुपैयाँ रकम प्रि
mज भएको छ ।
एलजिसिडिपीको १ करोड ८२ लाख ४१ हजार ३ सय ५९ रुपैया भने दातृ
निकायले थप रकम नपठाएकाले फ्रिज हुन पुगेको जिल्ला बिकास समिति
बागलुङका योजना तथा प्रशासकीय अधिकृत देवीप्रसाद सुवेदीले जानकारी
दिए ।
‘अधिकांश रकम सम्झौता अनुसार काम नभएकाले फिर्ता गएको
छ’ सुवेदीले भने ‘कुनै शीर्षकमा बजेट धेरै छुट्टाईए पनि काम थो

रै भएकाले सोही अनुसार मुल्याङ्कन हुँदा बजेट फिर्ता गएको हो ।’
उनका अनुसार केही रकम ड्रिलेप फेज आउट भएको र अरु ठाउँमा काम
गर्ने अनुमती नपाएकाले पनि फिर्ता हुन गएको छ ।