बागलुङमा ८ वटा मात्रै फारम संकलन

जिल्ला प्रशासन कार्यालय बागलुङमा मेसिन रिडेवल पासपोर्टका लागि आज जम्मा ८ जनाले फारम दर्ता गराएका छन् । केन्द्रीय राहदानी कार्यालयले साउन १ गते देखि लागु हुनेगरी बागलुङबाट पनि एमआरपीका लागि फारम संकलन गर्न थालेपछि आज पहिलो दिन जम्मा ८ वटा फाराम दर्ता भएको प्रशासन कार्यालय बागलुङले जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयले साउन १ गते देखि लागु हुनेगरी धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा समेत एमआरपीका लागि फारम संकलन गर्ने व्यवस्था गरेको थियो ।
    राहदानी बितरण कार्यलाई सर्वसुलभ र बिकेन्द्रीकरण गर्ने सरकारी नीति अनुरुप दोस्रो चरणका कार्यक्रम अनुसार धौलागिरि अञ्चलका ४ जिल्ला लगायत अन्य ३४ जिल्लामा समेत एमआरपीका फारम संकलन गर्न थालेको छ । अर्जेन्ट राहदानीका लागि भने छुट्टै व्यवस्था गरिने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

No comments: