समाचार

मलेसियामा गर्भपतन गराउने नेपाली चेलीलार्इ १० वर्ष जेल -

३१ असोज,  मलेसिया । गर्भपतन गराएको अभियोगमा एक नेपाली महिलालाई मलेसियाको अदालतले १० बर्ष कैदको सजायँ सुनाएको छ । रोजगारीको सिलसिलामा मलेसिया पुगेकी नेपाली चेलीले असावधानीवस रहन गएको गर्भ पतन गराउँदा यस्तो कठोर सजायँ भोग्नुपरेको हो । तामान सिकुस्थित एक पोलक्लिनिकमा गर्भको बच्चा मारेको अभियोगमा २४ बर्षीया निर्मला थापालाई ९ अक्टोबर दिउँसो ३ बजे प्रहरीले रंगेहाते पक्राउ गरेको बताएको छ । सोमबार यस्तो सजायँ पाएकी थापाले मलेसियन भाषामा लेखिएको सजायँ आफूले नबुझेको बताइन् । स्थानीय अदालतका न्यायाधीश मुसिरी पीटले उक्त सजायँ नबुझ्ने भाषामा भएपछि नेपाली द्वोभाषे सहित १२ नोभेम्बरमा निर्णय पुनर्बिचारका लागि मौका दिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । मलेसियाको कानुन अनुसार भरखर जन्मिएको बच्चा वा जन्माउनुअघिको बच्चा मारेमा १० बर्षसम्म कैदको ब्यवस्था छ । पेनाङ्ग राज्यको एक फ्याक्ट्रीमा कार्यरत थापाले कसको गर्भ हो भन्ने स्पष्ट नखुलाएको प्रहरीको भनाइ छ । मलेसियामा महिला वा पुरुष दुबैको सहमतिमा यौनसम्बन्ध राख्दा गर्भ रहन गई हजारौं महिलाहरुले पीडा भोग्नुपरेको एक श्रोतले बताएको छ । श्रोतका अनुसार मलेसियामा कार्यरत प्रवासी महिलाहरुलाई यो पीडाले बढि सताउने गरेको छ । यहाँ दिनहुँ यस्ता समस्या समाधानका लागि गर्भ तुहाउने औषधिको खोजीमा गर्ने या लुकीछिपी गर्भपतन गराउने महिलाहरु मेडिकलमा धाउने गरेको बताइन्छ। 

सम्बन्धलाई ब्युँताउने

१७ भदौ, काठमाडौ । नेकपा-माओवादीले अन्तर्राष्ट्रिय भाइचारा संगठनसँगको सम्बन्धलाई ब्युँताउने भएको छ । एकले अर्को देशको आन्दोलनलाई समर्थन र एक्यवद्धता जनाउने उद्देश्यले विगतमा ‘रिम’ (माओवादी पार्टीहरुको राष्ट्रिय संगठन) को नाममा सम्बन्ध बनाउका पार्टीसँगको सम्बन्धलाई उसले पुनः ब्युँताउन लागेको हो ।
नेपालमा एमाओवादीको शान्तिपूर्ण अवतरण र अमेरिकामा क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष वभ अभाकियनको ‘न्यू सिन्थेसिस’ को अवधारणाले रिमको अस्तित्व समाप्त भएको थियो । विगतमा रिमको अस्तित्व समाप्त भएको कारण खोजी गर्दै नेकपा-माओवादीले नयाँ ढंगले त्ययस्तो संगठनको पुर्नगठन र नविकरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ । त्यस्तो संगठन निर्माणका लागि उसले पार्टीको तर्फबाट प्रस्ताव नै तयार पारी दुईखाले विकल्प अघि सारेको राजधानी दैनिकमा खबर छ ।
विगतकै रिमलाई पुनःस्थापित गर्ने कि नयाँ ढंगको अन्तर्राष्ट्रिय पहलकद्मी लिने भन्ने दुई बिकल्पसहितको प्रस्ताव उसले तयार पारेको छ । विगतकै रमिलाई पुनःस्थापित गर्दा पहिले नसमेटिएका पार्टीलाई समेट्न नसकिने भएकाले दोस्रो विकल्प उत्तम हुन सक्ने उसको प्रस्ताव छ । त्यसका लागि उसले पहिलो चरणमा विश्वभर खुला रहेका माओवाद विचारधारा मान्ने पार्टीहरु र त्यसपछि क्रमशः भूमिगत पार्टीहरुसँगको सम्पर्क स्थापित गर्ने रणनीति बनाएको छ ।
संबिधान निर्माणको औपचारिक काम सुरु 

संविधानसभाले संविधानसभामा नियमावली मस्यौदा पारित गरेपछि संविधान लेखनको औपचारिक वाटो खुलेको छ । अव बिघटित संबिधानसभामा सहमति भएका बिषयको पहिचान गरेसँगै मस्यौदा लेखन कार्य सुरु हुने भएको छ । संबिधानसभाको निर्वाचन सम्पन्न भएको चार महिनापछि संबिधानसभाले आफ्नो कार्य संचालन नियमावली पारित गरी नयाँ संबिधान निर्माणको औपचारिक काम थाल्ने बाटो तय गरेको हो । तर व्यवस्थापिका संसद् र संविधानसभाका गरि १८ वटा समितिको निर्माण भने हुन सकेको छैन । सहमतिका आधारमा यि समिति निर्माण गरिने नेताहरुले जनाएका छन्।संविधानसभाका ५ र व्यवस्थापिकाका १३ वटा समिति बनाउन बाँकी नै छन् ।भने संविधान निर्माणको कार्यतालिका पनि बनाउन बाँकी नै छ । नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सहमतिका आधारमा समिति गठन गर्न शीर्ष नेताहरुको बैठक बस्ने जानकारी दिनुभयो ।

खुमबाहादुर खड्का 

नेपाली काग्रेसका नेता खुमबहादर खडकाले प्रजातन्त्रलाई दाउमा राखेर कुनै हालतमा संबिधान निमार्णमा सम्झौता गर्न नहुने बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपाल दाङद्धुारा दाङ्गको तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै खडकाले प्रजातन्त्रको मुल्य र मान्यता अनुसारको संबिधान एक वर्षमा भित्र जारी गने बिषयमा कसै संग सम्झौता गर्न नहुने बताउनु भयो । उहांले समयमै लोकतान्त्रिक संबिधान निमार्णका लागि प्रजातानिन्त्रक शक्ति एकहुन आवस्यक रहेको उल्लेख गर्नु भयो । संबिधान निमार्णकै लागि काग्रेस एमाले एमाओबादिको एजेण्डामा जान नहुने भन्दै खड्काले आवस्यक परे संबिधान निमार्णका लागि राष्ट्रिय मुद्धाहरुलाई जनमत संग्रहमा लान पछिपर्न नहुने जिकिर समेत गर्नु भयो ।उहाले धर्मनिरपेक्षता, संघिएता जस्ता राष्ट्रिय मुद्धाहरुलाई जनतामाझ लगेर मात्र टुगाउनु पर्ने बताउनु भयो ।  उहाँले पार्टि भित्र गुटवन्दिको अन्त्य नभए पार्टि कम्जोर हुने र अन्यशक्ति हाविहुने भन्दै यसबिषयमा पार्टी सचेत हुनपर्ने बताउनु भयो ।

मालेको पोलिटब्युरो बैठक जारी 

नेकपा मालेको पोलिटव्यूरोको बैठक आज पनि बस्दैछ । हिजो देखि पार्टी केन्द्रीय कार्यालय रातो पुलमा सुरु भएको बैठकमा नेपाल कम्युनिष्ट आन्दोलनको कार्यदिशा, पार्टी शुद्धीकरण अभियान, नेपाल जागरण अभियान, केन्द्रदेखि स्थानीयस्तरसम्म प्रशिक्षण अभियान, सङ्गठन बिस्तार र सुदृढीकरण अभियान सञ्चालनसम्बन्धी कार्यसूचीमा छलफल तथा निर्णय गरिने मालेले जनाएको छ । यसअघि हिजो बैठकमा महासचिवद्वारा बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि पोलिटव्यूरोका सदस्यहरूको बोल्ने क्रम सकिएपछि प्राप्त सुझावलाई समाबेश गर्ने गरी पारित भएको थियो ।

नविकरणको म्याद थप 

१५ दिनभित्र नेपालमा सञ्चालीत क्यासीनोहरुले नविकरण नगरे उनिहरुको स्वीकृति स्वत खारेज हुने भएको छ ।
नविकरण नहुदा क्यासीनोमा काम गर्ने करिव १३ हाजार माथीको संख्यामा मजदुरहरु बेरोजगार हुने भएका छन ।
सरकारले नेपालमा सञ्चालित क्यासिनोको अनुमतिपत्र नवीकरण तथा रोयल्टी बुझाउनका लागि आज द्ेखि लागू हुने गरी १५ दिनको समयावधि थप गरेको छ । पछिल्लोपटक दिइएको चार महिनाको अवधिमा पनि क्यासिनोले अनुमतिपत्र नवीकरण नगरेको र रोयल्टी नतिरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले म्याद थप गरेको हो । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मोहनकृष्ण सापकोटाले क्यासिनो नियमावलीमा दोस्रो संशोधन गरी क्यासिनो नवीकरण तथा रोयल्टी बुझाउन थप १५ दिनको समयअवधि तोकिएको जानकारी दिनुभयो । यसअघि क्यासिनो सञ्चालन नियमावली कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेशको माग गर्दै क्यासिनो सञ्चालक सर्वोच्च अदालत पुगेका थिए । नेपालमा काठमाडौँ उपत्यकामा आठ र पोखरामा दुई गरी १० वटा क्यासिनो सञ्चालनमा रहेका छन् ।

विजनेस कन्क्लेभ 

नेपाल बिजनेस कन्क्लेभ २०१४ मा सहभागीता जनाउन मलेसियाका पूर्वप्रंधानमन्त्रि डा महाथिर विन मोहम्मद आज नेपाल आउँदै हुनुहुन्छ । २ दिने नेपाल बसाइको क्रममा पूर्वप्रंधानमन्त्रि डा मोहम्मदले प्रधानमन्त्रि शुशिल कोइराला, लगायत उच्च राजनीतिक स्तरको भेटवार्ता गर्ने परराष्ट मन्त्रालयले जनाएको छ । सम्मेलनमा १२ देशका १ सय जना भन्दा बढी सदस्यले सहभागीता जनाउने आयोजक नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ । सम्मेलन भोलीदेखि दुईदिनसम्म काठमाडौंमा चल्नेछ ।

वागमति सफाई अभियान 
वागमति सफाई अभियानको आज ४५ औं साता पुरा भएको छ । ६ वटा गैरसरकारी संस्थाले वागमति सफाईका लागि थालेको अभियानमा अहिले सयौं संस्था तथा सर्वसाधारण निरन्तर वागमति सफाई अभियानमा लागेका छन् ।
अभियानको थालनी तत्कालिन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले गर्नुभएको थियो ।
शनिबारका दिन वागमति सफाईलाई विशेष अभियानकै रुपमा लगिएको छ । आज वागमति सफाई अभियानमा एमाओवादीका वरिष्ठ नेता डा. बावुराम भट्टराई स्वयम जाने कार्यक्रम तय भएको छ ।
अहिलको वागमति सफाई अभियानमा नेपाली सेना, प्याब्सन, एनप्याब्सन, हिसान, वातावारण मन्त्रालय, सहरी विकास विभाग लगायत सहभागि छन् ।