खेल समाचार

खेल समाचार 

सिमरा
सिमरा गोल्डकप सिमरा गोल्डकप अन्र्तगत उपाधिका लागी स्थानीय बीरगञ्ज युनाइटेड र आयोजक नब जन जागृत क्लब बिच आज प्रतिस्पर्धा हुँदैछ । यि दुइ क्लब ४ लाखको उपाधिका लागी ए डिभिजन लिगबिजेता मनाङ मस्याङदी र उपबिजेता मछिन्द्र क्लब सहित अन्य ५ क्लबलाइ पछि पार्दै उपाधिको होडमा उत्रिएका हुन् । बीरगञ्ज युनाइटेड कल्ब उपाधि उचालेर नयाँ यतिहास रच्ने दाउमा छ भने नब जनजागृतीले पनि गोल्डकप आफ्नै पोल्टामा पार्ने दाउमा छ । ३ ३ बिदेशी सहित ए डिभिजन लिग खेलीसकेका अनुभबी खेलाडी सहभागी क्लबबिचको मोफसलका यि दुइ टोलीबिच हुने भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

एसियाली
एसियाली फुटबल महासंघको आयोजनामा श्रीलंकामा जारी १४ बर्ष मुनिको फुटबल प्रतियोगितामा आज नेपालले घरेलु टोली श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ । हिजो भएको प्रतियोगितामा नेपालले भुटानलाई ९–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । प्रतियोगितामा नेपाल लगायत भारत, ईरान, श्रीलंका, ताजकिस्तान र भुटानको १४ बर्ष मूनिको महिला टिमहरुको सहभागीता रहेको छ ।

टि– ट्वान्टी 
टि– ट्वान्टी विश्वकप क्रिकेट अन्तर सुपर टेनको प्रतिस्पर्धामा आजपनि २ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार दिउसो सवा ३ बजे पछि सुरुहुने खेलमा दक्षिण अफ्रिका र श्रीलंका भिड्ने छन् । यसैगरी राती सवा सातबजे पछि सुरुहुने खेलमा इंग्ल्याण्ड र न्यूजिल्याण्ड आमने सामने हुने छन् । गएराति भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।

No comments: