जिल्लाका समाचार

जील्ला खबर

गोरखा....
गोरखाको विभिन्न स्थानमा दुई हजार पाँचसय किलोवाट भन्दा बढी क्षमतामा लघुजलविद्युत् आयोजना सम्पन्न भएका छन् ।
                         जिल्लाको काशीगाउँमा चामाखर्च, छोटेखोला, छेटारखोला, काशीगाउँ लघुजलविद्युत् आयोजना, हंसपुरमा बुद्धसिङ, सिङ्गुरे आयोजना, छेकम्पारमा लारखोला र पन्डुङ इलेक्ट्रिक वाइन्ड आयोजना, सिर्दीवासको जगतमा जगत लघु जलविद्युत् आयोजना, केरौंजामा हुल्चुक खोला लघु जलविद्युत् आयोजना र चुम्चेतमा चुम्लिङ लघु जलविद्युत् आयोजना सम्पन्न भएका हुन् । जिल्ला वातावरण तथा ऊर्जा शाखाले सिमजुङको पात्लेखोला, गुम्दाको भूतखोला, म्याङलुङ खोला, लापुको नौली खोला, स्वाँराको हुण्डीखोलाबाट विद्युत् उत्पादन गरी वितरण गरेको छ ।
उत्तरी क्षेत्रमा लघुजलविद्युत् आयोजनाका कारण त्यहाँको दैनिक जीवनमा परिवर्तन आउनुका साथै  पर्यटन क्षेत्रको विकास हुन थालेको छ ।
लघु जलविद्युत् परियोजना सम्पन्न भएसँगै लार्केपास र रुपीनाला क्षेत्रमा होटल तथा रेस्टुरेन्टको सङ्ख्या समेत बढेको छ ।  विद्युत् नहुँदा गाउँमा बसोबास गर्नेको सङ्ख्या न्युन भएपनि विद्युत् उत्पादनसँगै होटलको सङ्ख्या मात्रै १२ पुगेको होटल व्यवसायी धनबहादुर गुरुङले जानकारी दिनुभयो ।

बागलुङ
         बागलुङको नारायणस्थान गाविसलाई छुवाछूतमुक्त गाविस घोषणा गरिएको छ । एक्काइसौँ  जातीय विभेद उन्मूलन दिवसको अवसर पारेर गाविसलाई छुवाछूत मुक्त घोषणा गरिएको हो ।
दलित सशक्तीकरण केन्द्र बागलुङ, गाविसस्तरीय दलित सञ्जाल नारायणस्थान र प्लान नेपालको संयुक्त आयोजनामा नारायणस्थान गाविस जातीय विभेद र छुवाछूतमुक्त भएको उद्घोष गरिएको होे ।

सर्लाही
      सर्लाहीको श्रीपुर गाविस वडा नम्वर ८ मा आगलागीबाट ४० लाख बराबरको क्षति भएको छ । स्थानीय रामआश्रय रायको एक तले फुसको घरमा आगालागी हुँदा सो क्षति भएको हो । अचानक आगालागी हुँदा रायको घरभित्र रहेको एक थान कम्प्यूटर, टेलिभिजन, एउटा खसी, एक लाख ५० हजार नगद, एक सय मन धान, गरगहना लगायत मालसामान पूर्ण रुपमा जलेर नष्ट भएको छ । राती १ बजेशुरु भएको आगलागी स्थानीय र ईलाका प्रहरी कार्यालय मूर्तियाको प्रहरी टोलीले डेढ घण्टा पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले जानकारी दिनुभयो । आगलागीबाट रायको परिवार बिचल्लीमा परेको स्थानीयले बताएका छन् ।

धनुषा
     
 धनुषाको यज्ञभूमिमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय रामबेवल यादव रहेका छन् ।
ज २ प २८४६ नम्बरको मोटरसाइकल टायरगाडासँग ठोक्किदा मोटरसाइकल चालक यादवको मृत्यु भएको हो ।

No comments: