अदालतको आदेशपछि बालिकाको बिचल्ली कृष्ण संयोग बागलुङ,

आफ्नै आमाले दोस्रो बिवाह सँगै घर पनि बिक्रि गरेर गएपछि बागलुङ नगरपालिका ३ गुठीका एक बालिका बिचल्लीमा परेकी छिन् ।
पुनरावेदन अदालत बागलुङले सम्पति फिर्ता लिखत बदर तथा हक कायम मुद्दामा प्रतिवादीका पक्षमा फैसला गर्दैै आज बिहान प्रहरी लगाई घर खाली गराएपछि १३ बर्षिय सन्तोषी सार्की बिचल्लीमा परेकी हुन् ।
२०६१ सालमा जण्डिसका कारणले बुवा तिर्थबहादुर सार्कीको मृत्यु भएको र आमा गंगा सार्कीले ३ बर्ष अघि दोस्रो बिहे संगै घर विक्री गरेपछि गगाँ र घरधनी नन्दकुमारी सार्कीलाई बिपक्षी बनाई बालिकाको नामबाट जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
तर जिल्ला अदालतले गंगा र घर किन्ने सार्कीका पक्षमा फैसला गरेपछि उनीहरु पुनरावेदन गएका थिए । पनुरावेदन अदालतले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेपछि मुद्दा दोहो¥याई पाउ भन्दै पीडित पक्ष सर्वोच्चमा पुगेका छन् । सर्वोच्चमा परेको मुद्दाका बारेमा आगामी साउन ९ गते पेशी हुदैछ ।
पिडित सन्तोषिले सर्वोच्चमा मुद्दा चलिरहदाँ पुनरावेदन अदालतले प्रहरी लगाई घर खाली गरेर आफ्नो गास, बास र कपासको अधिकार खोसेर न्याय खोज्दा झन् अन्याय गरेको बताउनुभयो ।
गगाँका ४ छोरी रिता, माया, दिपिका र सन्तोषी भएपनि ३ छोरीको बिहे भैसकेको छ भने कान्छी छोरी सन्तोषी मात्र अहिले जेठी दिदीको साथमा उक्त घरमा बस्दै आएकी थिइन् । सन्तोषीकी आमा गँगाले झण्डै आधा करोड पर्ने घर सहितको १६ हात जग्गालाई जम्मा १३ लाखमा बिक्रि गरी ५ लाख लिखतमा जग्गा पास गरेको पीडित पक्षले जनाएका छन् ।
जिल्ला अदालत बागलुङका रजिष्टार खीमबहादुर थापाले मुद्दा सर्वोच्चमा गएपनि पुनरावेदनको निर्णय कार्यान्वयन गर्न वाधा नपर्ने भएकाले फैसला कार्यान्वयनका क्रममा घर खाली गराएको बताउनुभयो । उहाँले सर्वोच्चले मुद्दा दोहो¥याउने क्रममा फैसला बालिकाको पक्षमा गरेमा पुनरावेदनको निर्णय बदर हुने बताउनुभयो ।

No comments: