चोरी गर्ने सार्वजनिक कृष्ण संयोग बागलुङ,

जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाको पश्चिम बुर्तिबाङ क्षेत्रका बिभिन्न स्थानमा चोरी गरेको आरोपमा पक्राउ गरेका एक व्यक्तिलाई आज सार्वजनिक गरेको छ ।
चोरीको आरोपमा प्रहरीले पक्राउ गरेका अधिकारीचौर–७ का १८ बर्षीय कृष्णलाल सापकोटालाई उनले चोरी गरेका सामान सहित बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।
सापकोटाले स्थानीय बिद्यालय देखि विभिन्न पसलहरुमा समेत चोरी गरेको फेला परेको प्रहरीले बताएको छ । सापकोटाले चोरी गरेर कोठामा लुकाई राखेको अवस्थामा फेला पारेका बिभिन्न कम्पनीका १८ थान मोवाईल सेट, टर्चलाईट ६ थान, डाटा कुवुल १ थान, सोलार ३ थान, डिभिडि सहितको टिभि एक थान, खुकुरी, साउण्ड बक्स, प्रभु फाईनान्सको चेक, गाडीको सिसा, भलिवल, पेन ड्राईभ लगायतका २३ थरी सामाग्रीहरु सार्वजनिक गरेको हो ।
चोरीको आरोपमा पक्राउ परेका सापकोटालाई प्रहरीले विहीबारनै अदालतमा पेश गरी अनुसन्धानका लागि ३ दिनको म्याद लिएको छ । सापकोटाले बुर्तिबाङ बजारमा रहेको रवि पन्तको पसलबाट मोवाईल सेट सहित अन्य इलेक्ट्रोनिक्स सामानहरु र शिवालय उमावि अधिकारीचौरबाट पुस्तक, चक, भलिवल लगायतका सामानहरु चोरी गरेको प्रहरीले बताएको छ ।
शिवालय उच्च माविले प्रहरीमा दिएको जाहेरीका आधारमा सापकोटाको कोठामा खानतलासी गर्दा चोरीका  सामानहरु बरामतद भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

No comments: