दलितको नाममा जग्गा कारोबार बढ्यो कृष्ण संयोग बागलुङ, साउन


      जिल्ला मालपोत कार्यालय बागलुङमा आर्थिक वर्ष २०६६÷०६७ तुलनामा आ.व. २०६७÷०६८ मा दलितको नाममा स्वामित्व प्राप्त हुने गरी भएको जग्गाको कारोबारमा २८ प्रतिशतले वृद्वि भएको छ । 
०६७÷६८ मा दलितको नाममा ३ सय ४० को कारोबार हुँदा ३ लाख २३ हजार ६ सय ९२ रुपैया छुट भएको छ । यो आ.व. २०६६÷६७ को तुलनामा आ.व. २०६७÷६८ मा दलितका लागि छुट रकममा ५६ प्रतिशत हो । ०६६÷६७ मा २ सय ६६ जग्गाको कारोबार हुँदा २ लाख ७ हजार ९ सय ९७ राजस्व छुट भएको थियो ।
यस्तै, ०६६÷६७ को तुलनामा ०६७÷६८ मा महिलाका नाममा स्वामित्व प्राप्त हुने गरी भएको जग्गाको कारोबारमा ५ प्रतिशतले वृद्वि भएपनि ०६६÷६७ को तुलनामा ०६७÷६८ मा महिलाका लागि छुट रकममा ७ प्रतिशतले कमी आएको मालपोत कार्यालय बागलुङले जनाएको छ । ०६६÷६८ मा १२ सय २९ जग्गाको कारोबार हुँदा महिलाका लागि ३० लाख २५ हजार ४ सय ९२ र ०६७÷६८ मा २८ लाख ५ हजार ८ सय ७६ रुपैया छुट भएको छ । 
यस्तैगरी, ०६६÷६७ मा कुल ४ हजार ३ सय २९ जग्गाको कारोबार हुँदा १ करो ८३ लाख ४४ हजार ९ सय ५ राजस्व संकलन भएको थियो भने ०६७÷६८ मा ४ हजार ३ सय ८७ जग्गाको कारोबार हुँदा १ करोड ५१ लाख ८७ हजार ७ सय ७२ राजस्व संकलन भएको मालपोत अधिकृत नारायण पाण्डेले जानकारी दिए । 
६६÷६७ को तुलनामा गएको आवमा कारोबारमा सामान्य वृद्वि भएपनि राजस्व संकलनमा ०६६÷६७ को तुलनामा ०६७÷६८ मा राजस्व असुलीमा १७ प्रतिशतले कमी आएको मालपोत अधिकृत पाण्डेयले भने, ‘गत आवमा लक्ष्यको तुलनामा राजस्व संकलनमा ४ प्रतिशतले कमी आएको छ ।’ 
गएको आवमा ७० वर्षभन्दा बढी उमेकार वृद्वको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतको संख्यामा ५४ प्रतिशतले कमी आएको छ । यस्तै, धितो बन्धक पारित संख्यामा १० प्रतिशत र राजस्व असुलीमा १४ प्रतिशतले कमी आएको मालपोतले जनाएको छ । गत आवमा नामसारी, संशोधन, जग्गादर्ता, हकसापीका ८ सय ५० मध्ये ७ सय ६७ फस्यौट भएका छन् भने ८३ बाँकी रहेका छन् ।