बोका नियन्त्रण कृष्ण संयोग बागलुङ, साउन


स्वास्थ्य परीक्षण नगराई पोखराबाट बागलुङ बजार ल्याउँदै गरिएका ३२ ओटा बोका प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि पशु सेवा कार्यालयलाई बुझाएको छ । 
खसी बोका खरिद बिक्री गर्दा रजिष्टार भेटेनरी डाक्टरको सर्टिफिकेट आवश्यक पर्ने भए पनि बागलुङका तीन मासु पसललेहरुले डाक्टरी रिपोर्ट बिना खसी बोका बागलुङ भित्राउँदै गरेको अवस्थामा प्रहरीले सोमबार दिउँसो मालढुङ्गाबाट नियन्त्रणमा लिएर पशु सेवा कार्यालयलाई बुझाएको हो ।
बागलुङको कालिका फ्रेस हाउस, इन्ताज मासु पसल र केवी मासु पसलले संयुक्त रुपमा बागलुङ बजार ल्याउँदै गरेका ३२ ओटा बोकालाई प्रहरीले पशु सेवा कार्यालयमा बुझाएको प्रहरीले बताएको छ । 
यता जिल्ला पशु सेवा कार्यालय बागलुङले प्रहरीले आवश्यक कार्बाहीका लागि आफ्नो कार्यालयमा पठाएका ३२ ओटा बोकाको स्वास्थ्य परीक्षण पछि व्यवसायीहरुको जिम्मा लगाएको छ । पशु सेवा कार्यालयले स्वास्थ्य परीक्षण पश्चात प्रति खसी बोकाको रु २ सयका दरले जरिवाना तिराएर छोडेको पशु सेवा कार्यालयका डा. प्रदीप पौडेलले जानकारी दिए । 
मासु व्यवसायीहरुलाई सचेत बनाउन पहिलो पटकलाई प्रति खसी बोका २ सयका दरले ६ हजार ४ सय रुपैयाँ जरिवाना तिराई अब यस्तो गल्ती नदोहो¥याउने कायलनामा गराई छोडिएको पौडेलले जानकारी दिए । 

1 comment:

Anonymous said...

yo bidvertiser bhanda ta chitika ramro hola sir