प्रेमिकाको उजुरी पछि ७ दिन देखि थुनामा बागलुङ, साउन



भनिन्छ, प्रेम दुई आत्माको मिलन हो । प्रेममा जातभात, धनी गरिब अनि घात प्रतिघात केही हुँदैन । तर अफसोच, तारा–८ बागलुङका सूर्य पुन मगरको साँचो प्रेममा घात भएको छ । कसैलाई साँचो प्रेम गरेबापत मगरले अहिले प्रहरीको अत्यास लाग्दो हिरासत उपाहार पाएका छन् । ‘७ दिनदेखि प्रहरी हिरासतमा रहेका पुन भन्छन्, ‘आफ्नै भन्नेहरु बैरी भएपछि कस्को के लाग्दोरहेछ र ।’     
कक्षा १० मा पढ्दै गर्दा सोही ठाउँकी रिता कँडेलसंग प्रेम बन्धनमा बाँधिएका पुनले रिताकै आग्रहमा असार २६ गते भागी विवाह गरेका थिए । ‘रिताको आग्रहमै हामीले भागी विवाह गरेका हौ’ पुनले भने, ‘प्रेम पवित्र हुन्छ भन्ने ठानेको थिए तर आज थाहा भयो प्रेममा धोका पनि हुँदोरहेछ ।’ ‘विवाह गरेको चार दिन नहुँदै केटी पक्षले छुटाएर अहिले म विरुद्व जर्बजस्ती अपहरण र करणी मुद्दा चलाउने प्रयास गरिरहेका छन् ।’ पुनले भने । 
केटीकै दबाब अनुसार बैशाख १ गतेनै विवाह गर्ने निर्णय भएपनि विविध कारणले असारमा मात्रै भागी विवाह गरेको पुनको भनाई छ । ‘मलाई जर्बजस्ती करणी ग¥यो भनेर झुठा मुद्दा लगाउने प्रयास भइरहेको छ’ पुनले थपे ‘आफ्नै भन्नेहरुबाट यस्तो धोका होला भन्ने मैले सोचेको थिईन ।’ केटी पक्षले जर्बजस्ती छुटाएर लगेपछि पनि आफुलाई तीन दिनभित्र सार्वजनिक गर भनेर धम्की दिएको समेत पुनले बताए । 
यता, केटीपक्षले भने कँडेललाई पुनले अपहरण गरी जर्वजस्ती करणी गरेको दाबी गरेका छन् । ‘अस्पतालको रिपोर्टले पनि बालिका बलात्कृत भएको कुरालाई पुष्टी गरेको छ’ कँडेलका आफन्त हरि सुवेदीले भने ‘तर पनि प्रहरीले जर्बजस्ती करणीको मुद्धा दर्ता गर्न मानिरहेको छैन ।’ प्रहरीलाई मुद्धा दर्ता नगर्न कसैले दबाव दिएको सुवेदीको आरोप छ ।
कँडेलकी आमा राधिकाले पनि आफ्नी छोरी अन्यायमा परेको बताइन् ।  ‘उनीहरुबीच प्रेम सम्बन्ध थिएन’ उनले भनिन् ‘तर यहाँ जर्बजस्ती प्रेम सम्बन्ध थियो भनेर घटनालाई ढाकछोप गर्ने प्रयास भईरहेका छन् ।’ पुनको घरमा छोरी भेट्न जाँदा छोरी बेहोस जस्तै भएको कँडेलको भनाई छ । 
हिरासतमा रहेका पुन बिरुद्ध अपहरण र जवरजस्ती करणीको मुद्धा दर्ता गराउन प्रहरीलाई दबाब दिन कांग्रेसका जिल्लास्तरीय नेताहरु प्रहरी कार्यालयमा धाइरहेका छन् । प्रहरीका अनुसार नेपाली काग्रेसका मणिभद्र शर्मा कँडेल र पुनरावेदन बार ईकाईका अध्यक्ष भूमिश्वर गौतमले मुद्धा दर्ता गर्न प्रहरी नावय उपरिक्षक उमाप्रसाद चतुर्वेदीलाई दवाव दिईरहेको स्रोतले जनाएको छ । तर नेपाली काग्रेसका सभापति प्रकाश पौडेल र सचिव हरि खड्काले भने कानुन बमोजिमनै काम गर्न डिएसपीलाई सल्लाह दिएका छन् ।
बालिकाको मेडिकल रिपोर्टले जवरजस्ती करणी नभएको देखाएकाले जर्बजस्ती करणीको मुद्धा चलाउन नमिल्ने प्रहरीको तर्क छ । ‘जर्बजस्ती करणी र अपहरण दुवै शीर्षकमा मुद्धा दर्ता गर्ने आधारहरु छैनन्’ प्रहरी नायव उपरिक्षक उमाप्रसाद चतुर्वेदीले भने ‘प्रमाणनै नभएका मुद्धा अदालतमा लगेर कुनै अर्थ छैन ।’ 
                                                                                                                                                 कृष्ण संयोग

No comments: