‘एक्समेन-फस्ट क्लास’ कलाकारको भूतसँग जम्काभेट


निर्माणाधिन हलिउड फिल्म ‘एक्समेन-फस्ट क्लास’ का कलाकारहरुले शुटिङ्का क्रममा भूतले तर्साएको बताएका छन् । सन ८०० ताका बनेको बेलायतको बर्क्ससायरस्थित एजन्लफिल्ड नामक महलमा ६ हप्ते लामो बसाइका क्रममा भूतहरुसँग रात विताउनु परेको उनीहरुले खुलासा गरेका छन् । हरेक रात भूतहरु घरभित्र ओहोरदोहोर गर्ने गरेको उनीहरुले अनुभव साटे ।
‘राती धेरै भूतहरु महलभित्र यताउता हिडडुल गर्दथे,’ फिल्मका नायक जेम्स मिकाभोएले एक कहालीलाग्दो रात सम्झदै भने, ‘मसँग वास्तवमै भेट भएको भूत सर प्याटि्रक स्टेवार्ड थियो । जसको भूमिका म फिल्म म खेलिरहेको छु ।’ अचम्म लाग्दो कुरा के छ भने फिल्ममा स्टेवार्डको भूमिका नराम्रो गरेकोले भूतले स्कटिस नायक जेम्सलाई तर्साएको स्रोतले बताएको छ ।
देवता र भूतको अस्तित्वमा विश्वास नगर्ने नास्तिक ब्यक्तिहरुलाई भने यो घटनाबारे विश्वास गर्न गाहृै छ । यो घटना कतै फिल्म प्रचार गर्ने नौलो तरिका त हैन ?

No comments: