एसएलसीको मार्कसिट ढिला आउने


असार, काठमाडौँ । प्रवेशिका परीक्षा एसएलसी परीक्षाको मार्कसिट केही ढिला गरी आउने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले मार्कसिट र प्रोभिजनल सर्टिफिकेट सँगै दिनुपर्ने भएकाले मार्कसिट आउन ढिलाई हुने जनाएको छ । परीक्षाफल प्रकाशित भएको मितीले १५ दिनभित्र मार्कसिट र प्रोभिजनल सँगै दिने तयारीमा परीक्षा नियन्त्रण कार्यालय लागेको छ ।
नेपालमा एसएलसी परीक्षा सुरु भएको ७६ वर्षपछि परीक्षा नियन्त्रण कार्यालयले यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षामा उत्तीर्ण विद्यार्थीलाई ‘मार्कसीट’सँगै मूल प्रमाणपत्र दिन लागेको हो ।
यसअघि परीक्षाफल प्रकाशित भएको लामो समयसम्म पनि विद्यार्थीले मूल प्रमाणपत्र पाउन नसकेको गुनासो बढेपछि ‘मार्कसीट’सँगै प्रोभिजनल सर्टिफिकेट पनि दिन लागिएको परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो ।

No comments: