एसएलसीमा नियमितर्फ ५५ दशमलव ५ प्रतिशत उतिर्ण एक्जामटेडतर्फ १७ दशमलव ३० प्रतिशत पास


६ असार, काठमाडौं । प्रवेशिका परीक्षा एसएलसी २०६७ को नतिजा सोमबार सार्वजनिक भएको छ । 
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष २ लाख ३० हजार ४ सय ९९ जना परीक्षार्थी उतिर्ण भएका छन् । यसवर्ष दुई विषय ५ अंकसम्म ग्रेस दिइएको परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो । 
जसमध्ये नियमिततर्फ ५५ दशमलव ५ प्रतिशत अर्थात २ लाख २० हजार ७ सय ६६ परीक्षार्थी उतिर्ण भएका छन् । यो गतवर्षको तुलनामा ८ दशमलव ८१ प्रतिशत कम हो ।
नियमिततर्फ विशिष्ट श्रेणीमा २० हजार १ सय ११, प्रथम श्रेणीमा ८२ हजार ६ सय १९, द्धितृय श्रेणीमा १ लाख ९ हजार ७ सय ९५ र तेस्रो श्रेणीमा ८ हजार २ सय ४१ जाना उतिर्ण भएका छन् ।

यसैगरी यसवर्ष आंशिकतर्फ ९ हजार ७ सय ३३ अर्थात १७ दशमलव ३० प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन् । यो गतवर्षको भन्दा करिव १३ प्रतिशतले कम हो । आशिंकतर्फ विशिष्ट श्रेणीमा कोहि पनि उर्तिण भएका छैनन भने प्रथम श्रेणीमा १ सय ८०, द्धितृय श्रेणीमा ७ हजार ३ सय ६६ र तेस्रो श्रेणीमा २ हजार १ सय ८७ जना परीक्षार्थी उतिर्ण भएका छन् । 
 
एसएलसी-२०६७ को नतिजा सार्वजनिक गर्दै परिक्षा नियन्त्रक सूर्यप्रसाद गौतम र शिक्षा सचिव शंकरप्रसाद पाण्डे (दायाँ)
२०६६ सालको परीक्षामा नियमित तर्फ ६४ दशमलव ३१ तथा आंशिकतर्फ २९ दशमलव १८ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए । परीक्षाफल नेपाल टेलिकमको १६०० डायल गरी प्राप्त निर्देशनमा नतिजा प्राप्त गर्नसक्ने व्यवस्था गरेको छ । त्यस्तै एसएमएसतर्फ नेपाल टेलिकमको १४०० मा एसएमएस गरी प्राप्त गर्न सकिने छ भने वेभसाइटतर्फwww.slcresult.soce.gov.np, www.slc.ntc.net.np, www. moe.gov.np र www.doe.gov.np माहेर्न सकिन्छ ।
 गत चैत १० देखि १८ गतेसम्म सञ्चालित एसएलसी परीक्षामा मुलुकभरबाट नियमित र आंशिकतर्फ गरी ४ लाख ५६ हजार २२ जनाले परीक्षा दिएका थिए । दुई विषयमा फेल भएकाहरुले साउन २३ गतेबाट मौका दिन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष मार्कसिटसँगै सर्टिफिकेट जिल्ला लिल्लामै पठाइने परिक्षा नियन्त्रक गौतमले जानकारी दिनुभयो ।

No comments: