सुरक्षा ब्यवस्था जति नै कडा गरेपनि चोरी, लुटपाट तथा डकैतीमा कमी आएको छैन । आजभोलि अधिंकास कार्यालय, संघ-संस्थाहरुमा त सीसी टिभीलगायत भिडियो रेकर्डरजस्ता आधुनिक प्रविधिको पनि प्रयोग भएको पाइन्छ । तर चोरलाई कसले रोक्न सक्ने ? नयाँ प्रविधिको प्रयोगसँगै चोरहरुले पनि नयाँ शैली र तरिका अपनाउन थालेका छन् । अमेरिकामा हालै एक महिलाले आफू एचआइभी/एड्स संक्रमित भएको र पैसा नदिए उक्त रोग सारिदिने धम्की दिदैं कोलोराडो बैककी क्यासियर (टेलर) बाट मोटो रकम लिई फरार भएकी छिन् । स्थानीय क्लिनिकबाट प्रमाणित एड्स स्टाटस कार्ड देखाई करिब ५५ देखि ७५ वर्ष उमेरकी एक दुब्ली पातली बृद्वले बैक लुटेको कोलोराडो प्रहरी विभागका प्रवक्ता जेफ सटुरले बताए ।
चोरी गर्ने बद्वले कार्डमा आफ्नो नाम मेटेको र बाकि अक्षरहरु पनि टेलरले मेटिदिएकोले अहिले प्रहरीले क्लिनिकको सहयतामा छानविन गरिरहेको छ । सटुरका अनुसार महिलाले रेल कन्डक्टरले लगाउने टोपी र खैरो सर्ट लगाएकी थिइन् । रातको समयमा सेफवे ग्रोसरभित्र रहेको वेल्स फार्गो बैकमा छिरी बृद्वले एड्स प्रमाणित कार्ड देखाइ क्यासियरलाई धम्क्याएको प्रहरीले जनाएको छ । ‘उनीले आफूलाई एड्स भएको अनि पैसा नदिए टेलरलाई पनि सारिदिने धम्की दिएकी थिइन्,’ सटुरले भिडियो रेकर्डरको अध्ययनपछि बताए ।
लुटपाटको क्रममा बृद्व महिलाले निकै पटक खोकेको भिडियोमा प्रष्ट देखिएको प्रहरी भनेको छ । भिडियो तथा अन्य तस्वीरहरुको आधारमा शंकास्पद ब्यक्तिहरुमा छानबिन तिब्र बनाइएको छ । बैक लुटन कुनै हतियार प्रयोग नगरेकी बृद्व करिब ५ फिट ६ इन्च अग्ली र १३०-१५० पाउण्ड तौल भएको प्रहरीले दाबी गरेको छ ।
No comments:
Post a Comment