ऐश्वर्या गर्भवति


ऐश्वर्या राय बच्चनलाई अहिले आमा बन्न लागेको खुसी एकातिर छ भने गर्भवती भएको कुरा सार्वजनिक होला कि भन्ने अर्को ठूलो चिन्ता छ । केहि समयअघि एक कार्यक्रमको सिलसिलामा फ्रान्समा रहँदा ऐश्वर्या आफ्नो प्रेग्नेन्सीलाई लुकाउन लुज फिटिङको पहिरनमा देखापरेकी थिइन् ।
यति मात्र हो र, ऐश्वर्याले हरेक पटक फोटोग्राफरसामू तस्विर खिचाउँदा आफ्नो बढ्दो पेटलाई हात वा कपडाले छोपेको प्रष्ट देखिन्थ्यो । आखिर उनी के लुकाउन खोज्दै छिन् ? उनको यस्तो अनौठो ब्यवहारले उनी गर्भवती भएको हल्ला सहि ठहरिएको बलिउड उद्योगमा चर्चा चलेको छ ।
फ्रान्सबाट घर फर्केपछि एक सार्वजनिक कार्यक्रममा आफ्नी आमा बृन्दासँग उपस्थित हुँदा पनि ऐश्वर्याले सारीको एक छेउको मदत लिई पेटलाई छापेकी थिइन् ।
आफ्नो आगामी फिल्म ‘हिरोइन’ को छायांकनमा ब्यस्त रहेकी ऐश्वर्य गर्भवती हुने सोचमा नभएकै कारण पनि उनले यस्तो गरेको हुन सक्ने धेरैले अड्कल काटेका छन् ।
ऐश्वर्य वा उनको बच्चन परिवारबाट आधिकारिक धारणा सार्वजनिक नभएसम्म उनी साँच्चै गर्भवती हुन वा होइनन्, यो निर्क्योल गर्न कठिन छ ।
त्यतिजेलसम्म तपाई ऐश्वर्यले चनाखोपूर्वक पेट लुकाएको तस्विर हेरी अडकलबाजी गर्न सक्नुहुनेछ । के यी तस्विरहरुमा ऐश्वर्यले फुच्चे बच्चनलाई लुकाउने प्रयास गरेकी हुन त ?  तस्वीरः एजेन्सी

No comments: