तबलामा औला दौडाउँदै युवा , साउन कृष्ण संयोग बागलुङ


        पाश्चात्य संगीतमा मधुमस्त बन्ने युवाहरुको लर्काे बढिरहेका बेला बागलुङका केही युवाहरु भने शास्त्रीय संगीतप्रति आकर्षित बनेका छन् । ड्रमको चर्काे तालमा ग्याजेज जडित गितार बजाएर जस्टिन बिबरका ‘बेबी बेबी’ गीत गाउने क्रेजी ब्वाईहरु बढिरहेका छन् । पाश्चात्य संगित हाबी हुँदा नेपाली मौलिक संगित लोप हुने त होइन भन्ने अनुत्तरित प्रश्न उठिरहँदा बागलुङको एउटा युवा जमातः जो शास्त्रीय संगितमा साधना गर्न तल्लीन छ ।   
      सानै छँदा तबलामा औलाहरु दौडाउने व्यग्र इच्छा साँचेका बागलुङ नगरपालिका–३ का उत्तम राजभण्डारीको अन्तत इच्छा पुरा भएको छ । नेपाल भाषा मंका खल बागलुङले तबला प्रशिक्षण तालिम जुराई दिएपछि राजभण्डारीको सपना साकार भएको हो । राजभण्डारी भन्छन्, ‘ढुङगा खोज्दा देउता मिल्यो’ झै भयो । 
नेपाल भाषा मंकाखल बागलुङले असार २१ गतेदेखि बागलुङमा तबला प्रशिक्षण शिविरको आयोजना गरेपछि बागलुङका तन्नेरीहरु दादारा, खेमता, कहरवा, रुपक, झपताल, एकताल, त्रिताल सिकिरहेका छन् । तबलाको तालमा युवाहरुले नारायण गोपालका कालजयी गीतहरु गुन्गुनाउँछन् ।  
संगित प्रशिक्षकको अभावमा तबला बाजामा पोख्त हुने इच्छा भित्रभित्रै सडाएका उत्तम हिजो आज तन मन लगाएर तवला सिक्न व्यास्त हुने गरेका छन् । पेसाले फाइनान्सियल उत्तम बाँकी समय तबला सिक्नमै विताउने गरेको बताउँछन् । ‘मेरो सानै देखि तवला बजाउने रुचि थियो’ उत्तमले भने– संगित सिकाउने ठाउँ थिएन बाहिर जाँदा पेसानै छोड्नु पथ्र्याे ।’ ‘बाजा मध्ये सर्वश्रेष्ठ तबलामा पोख्त हुने मेरो रहर पुरा हुने भयो’ उत्तमले मुस्कुराउँदै थपे– ढिलै भएपनि इच्छा पुरा हुने भएपछि हर्षले गदगद भएको छु ।’ 
अत्याधुनिक बाजाहरुको लोकप्रियता बढी रहेको यो समयमा बागलुङ नगरपालिका– ३ का १४ वर्षिय शुसान्त मेलपति पनि शास्त्रीय बाजा तबला सिक्नमै व्यस्ता रहेका छन् । कक्षा ८ मा अध्यानरत मेलेपति तबला सिकेर भविष्यमा राम्रो प्रशिक्षक बन्ने इच्छा व्यक्त गर्छन । ‘तबला सिक्ने ठुलो रहर थियो पुरा हुने भो’ मलेपतिले भने– गुरुको सिकाईकलाले साथीभाईसंग डुल्न घुम्नपनि मन लाग्दैन ।’ 
शास्त्रीय महत्व बोकेका तबला बाजा बागलुङ नगरपालिका बुद्ध विहारमा हरेक दिन साझँ ६ बजे देखि दुई घण्टा सिकाईने गरिन्छ । तवला सिक्नको लागि नियमति १६ जना युवाहरु आउने गरेको तबल प्रशिक्षक ललितचन्द्र शाक्याले बताए । 
मौलिक सास्कृतिको महत्व ओझेलमा परेकाले त्यसलाई पुन जीवित तुल्याउन तबला प्रशिक्षणको आयोगना गरिएको नेपाल भाषा मंकखला बागलुङका अध्यक्ष महेशचन्द्र प्रधानले बताए । मौलिक कला र संस्कृति विस्थापित हुन थालेको भन्दै अध्यक्ष प्रधानले यसको बचावटको लागि सवैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताए । प्रशिक्षण १ महिनाको लागि भनिएपनि प्रशिक्षार्थीको माग अनुसार थप हुन सक्ने अध्यक्ष प्रधानले जानकारी दिए । 
पुष्पलाललाई सम्झनुको सार्थकता 
पुष्पलाल नेपाली कम्युनिष्टका संस्थापक हुन् । उनको ३४ आँै स्मृति दिवस हालै विविध कार्यक्रम गरी देशभर मनाइयो । यसक्रममा नेपालका कम्युनिष्टहरुले कम्युनिष्ट विचार र दर्शनको एकपटक स्मरण मात्र गरेनन् पुष्पलालको जीवनी, व्यक्तित्व र उनका नीतिहरुका बारेमा पनि अन्र्तक्रिया गरे । तर नेपाली कम्युनिष्ट आन्दोलन भने पुष्पलालको तय गरेको नीतितर्फ उन्मुख छैन बरु उल्टो दिशातिर गइरहेको छ । 
पुष्पलाल नेतालाई नभई नीतिलाई प्रधानता दिन्थे तर आज नेपालका सबैजसो कम्युनिष्ट घटकहरु नीतिलाई नभई नेतालाई प्रधानता दिइरहेका छन् । नेपाली कम्युनिष्ट आन्दोलनको ठूलो तप्काको नेतृत्व यतिबेला नेकपा एमाओवादी र नेकपा एमालेले गरिरहेका छन् । तर यी दुवै पार्टीमा नीति तथा विचारको नेतृत्व भन्दा नेताको नेतृत्वलाई प्रधानता दिंदा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्ने हो कि भन्ने आशंका प्रबल बनेको छ । एमाओवादीमा सुरु देखि नै विद्यमान व्यक्तित्वको लडाईं वैचारिक र कार्यशैलीसँग सम्बन्धित बनेर आएको छ । यसक्रममा वैचारिक हिसाबले नमिल्नेहरु बीच पनि कार्यगत एकता गर्ने प्रवृति देखापरेको छ । मूल त पार्टीको मूल कुरा भनेकै विचार हो । माओवादीका नेताहरु कसको विचार सही भन्ने मन्थनमा भन्दा पार्टीकै एकअर्का नेतालाई तल्लो तहमा ओर्लेर आक्षेप लगाउन व्यस्त छन् । विचारमा एकरुपता भएन त्यस्तो एकता टालटुले भन्दा भिन्न नहुने निश्चित छ भन्ने कुरा नेताहरुले बुझेर बुझ पचाइरहेका छन् । तर उनीहरु विविध किसिमका लाभबाट प्रेरित र प्रभावित बनेका छन् । हालै एमाओवादीले आफ्नो विवाद समाधान भएको बताएको छ र प्रचण्ड कार्यविभाजनका लागि सहमत देखिएका छन् । तर त्यहाँ विचारमा नै मतभेद देखिएको त्यसकारण त्यो पुनः कुनै दिन फेरि नबल्झिएला भन्ने अवस्था छैन । आज उसको साम्यवादी समाज व्यवस्थाको स्थापनाको लक्ष्य त छलफलमा समेत आउन छाडेको छ भने नेताहरुमा पदका लागि हानथाप गर्ने प्रवृति देखिएको छ । वैचारिक हिसाबले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई एक ठाउँमा छन् भने वरिष्ठ उपाध्यक्ष मोहन वैद्य उनीहरु भन्दा भिन्न विचार राख्छन् । तर तात्कालिक एकता वैद्य र भट्टराईका बीचमा भएको छ, जुन लामो समय टिक्ला भन्न सकिने आधार छैन । अर्कोतिर नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको दोस्रो ठूलो दल एमालेको अवस्था पनि यो भन्दा भिन्न छैन । बहुचर्चित बुटवल महाधिवेशनबाट बहुपदीय नेतृत्वमा गएको एमालेमा अध्यक्ष झलनाथ खनाल कुनै दिन भिन्न मत राख्थे, मदन भण्डारी प्रतिपादित जनताको बहुदलीय जनवाद भन्दा । तर आज उनले भण्डारीकै विचारको नेतृत्व गरिरहेका छन् । तर भण्डारीको विचारको नेतृत्वको दाबा गर्नेमध्येको केपी ओली र माधव नेपाल भने अध्यक्ष निर्वाचित भएदेखि नै झलनाथ खनालसँग असन्तुष्ट रहँदै आएका छन् । वास्तवमा उनीहरुले झलनाथ खनाललाई अध्यक्ष नै स्वीकार्न सकिरहेका छैनन । फलतः सदावहार सत्तामा रहँदै आएपनि एमालेको साख भने झन्झन् कमजोर हुँदै गइरहेको छ र उसले पनि कम्युनिष्ट सपनालाई चटक्कै बिर्सेको आरोप झेलिरहेको छ । ससाना कम्युनिष्ट घटकहरुले नीतिलाई प्रधानता दिएको देखिदैन । शक्ति प्रयोग गर्ने अवस्था नभएकाले मात्र उनीहरु व्यवाहर त्यति बहसमा नआएको मात्र हो । 
पुष्पलालको स्मृति कर्मकाण्डी रुपमा मात्र गर्नाले त्यसले नेपाली कम्युनिष्ट आन्दोलनलाई गन्तव्यमा पु¥याउन सक्दैन । नेपालका कम्युनिष्ट पार्टीहरु फुट्न मात्र जानेका छन् भन्ने उदाहरणलाई सार्थक बनाउँदै पार्टीभित्र अनेक खाले अन्र्तसंघर्ष गर्दैमा पनि कम्युनिष्ट आन्दोलन अगाडि बड्न सक्दैन । त्यसका लागि त पुष्पलालले भनेजस्तै नेतामा भन्दा नीतिलाई प्रधानता दिनुपर्ने आवश्यकता छ, त्यसो भयो भने मात्र पुष्पलालको सम्झना गर्नुको सार्थकता रहन्छ । 

No comments: